काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि विभिन्न मिडियाका सम्पादकहरुसँग गुनासो पोखेका छन् । भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताए । उनले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताएका छन् ।
सञ्चार माध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चारमाध्यमलाई आफुले एकपटक सुझाव दिँदा सहन्न भन्ने प्रवृत्ति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।
“सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने सक्तिको विकास गर्नुपर्ने,” उनले भने, “यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भने पनि छुट पाइन्छ । सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नि, उसो छोयो भने देखि बुरुक्क उफ्रिहाल्ने । करेन्ट लागेजस्तो । अलि अगाडि मसँग सञ्चारकर्मी सम्पादकहरु भेटनुभयो ।
तर उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर भन्नुभयो । मैले भनेँ तपाईँहरुले दिनरात गालि गर्दा हुन्छ । मैले अलिकति भनेँ भने तपाईँहरु दिनरात गालि गर्ने मैले किन यसो गर्यौ भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो । प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृति रहेको पनि बताएका छन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd