काठमाडौँ । पछिल्लो पटक पहिरोले क्षति पु‍र्‍याइरहेको सिन्धुपाल्चोक जिल्लाका जोखिमपूर्ण वस्तीका नागरिकलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् ।

प्राकृतिक विपतको यस घडीमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै वेपत्ताहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु–खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु ।’ देउवाले आइतबार एक वक्तव्य जारी गर्दै भनेका छन् ।

देउवाले बाह्रबिसेको पहिरो पीडितहरुको संवेदनशीलताप्रति पार्टी र व्यक्तिगत तर्फबाट सहानुभूति समेत प्रकट गरेका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय