काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएन को १३ औँ युरोप क्षेत्रिय सम्मेलन अक्टोबर ३ र ४ मा हुने भएको छ ।

विहिबार आयोजित अनलाइन बैठकमा संयोजक आचार्यले विज्ञ सम्मेलनका उद्धेश्यका बारेमा जानकारी दिँदै सम्मेलनमा गैरआवासीय नेपालीको नागरिकताको बारेमा, नेपालको संसदीय र स्थानीय चुनावमा गैरआवासीय नेपालीको मतदान अधिकारका बारेमा तथा नेपालको स्वास्थ्य, कृषि, पर्यावरण, भौतिक पूर्वाधार, प्रकृति संरक्षण लगायतका बारेमा विज्ञहरुको प्रस्तुति रहनेछ । प्रवासबाट जन्मभूमिका लागि के गर्न सकिन्छ भन्ने प्रमुख उद्धेश्य यस विज्ञ सम्मेलनको रहेको छ ।’

विश्वव्यापी कोरोनाका महामारीका कारण अनलाइन भर्चुअल बैठकबाट सम्पन्न गरिने गरी तयारी गरिएको उक्त क्षेत्रिय सम्मेलन तथा दोश्रो विज्ञ सम्मेलनमा नेपाल सरकारका मन्त्री, राजनीतिक दलका प्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञहरु, गैरआवासीय नेपाली संघका अभियन्ताहरु, नेपालको व्यवसायीक क्षेत्रका प्रतिनिधिहरुलगायतको उपस्थिति रहने युरोप क्षेत्रि संयोजक नारायण आचार्यले जानकारी दिएका छन् ।

युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद् र अन्तराष्ट्रिय समन्वय परिषद्वीचको सम्बन्धलाई कसरी प्रगाढ बनाउन सकिन्छ र कसरी गैरआवासीय नेपालीको हितमा आगामी दिनमा प्रभावकारी रुपमा काम सकिन्छ भन्ने विषयमा समेत छलफल तथा प्रस्तुति रहनेछ ।

त्यसैगरी एनआरएनए युरोप क्षेत्रका सहसंयोजक तथा विज्ञ सम्मेलनका मिडिया संयोजक शुक्रराज न्यौपानेले सम्मेलनको तयारी अन्तिम चरणमा पुगिसकेको र केहि दिनपछि पत्रकार सम्मेलन गरेर यसका बारेमा पूर्ण जानकारी दिने स्रोतले जानकारी दिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर