काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भए संगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

हालसम्म ३४५ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका हुँद्या कुल ३८ हजार ६९७ जना संक्रमण मुक्त भएर घर फर्केका छन् छन् । देशभरमा १५ हजार ११७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय