भारतको उत्तरप्रदेशमा श्रीमानले झगडा नगरेकाे भन्दै महिलाले डिभाेर्स मागेपछि सबै चकित परेका छन् ।

महिलाले बिहे भएको १८ महिनापछि श्रीमानसँग डिभोर्स मागेकी हुन् । श्रीमानसँग डिभोर्स माग गर्दै एनी सम्भाल जिल्लाको शरिया अदालतमा निवेदन दिएकी हुन् । उनले शरिया अदालतमा दिएको निवेदनमा डिभोर्स गर्नुकाे कारणमा- आफूसँग श्रीमानले झगडा नै नगरेको र अत्यधिक धेरै माया गरेको बताएकी छिन् ।

आफ्नो लोग्नेले आफुलाई गरेको अधिक प्रेम आफुले पचाउन नसकेको उनले निवेदनमा उल्लेख गरेकी छिन् । पछिल्लो १८ महिनामा लोग्नेसँग एकपटक पनि झगडा नहुँदा आफु निरास तथा दिक्क भएको पनि उनले बताएकी छिन् ।

लोग्नेले आफुसँग झगडा नगर्ने मात्र होइन खाना पकाउने लगायतका घरेलु कामकाजमा समेत सघाउने गरेर दिक्क पारेको उनको भनाई छ । शरिया अदालतमा दिएको निवेदनमा उनले भनेकी छिन्, ‘न त उहाँ मसँग कहिल्यै चर्को बोल्नुभयो, न त मलाई कुनै कुरामा कहिल्यै निरास पार्नुभयो ।

यस्तो वातावरणमा साँच्चीकै म उकुसमुकुस भएकी छु ।’ आफूले गल्ती गर्दा समेत लोग्नेले सधैँ कुनै परवाह नगरेको र आफु उल्टै विवाद गर्न खोज्दा पनि नरिसाउने गरेको उनले बताएकी छिन् । एजेन्सी 

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय