काठमाडौँ। सिन्धुपाल्चोकको बाह्रबीसे मा शनिबार राति पहिरो जाँदा बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको छ ।

पहिरोमा अझै २२ जना हराइरहेको बताइएको छ । अहिलेसम्म मृत्यु हुनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान तथा भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षका धनलाल विक र ६० वर्षीया हिरामाया नेवार छन् ।

यस्तै दर्जन बढी घरमा क्षति पुगेको छ । उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय