काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्न सबै विद्यालयलाई पत्राचार गरेको छ ।

बोर्डले कक्षा १२ को परीक्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालयभन्दा टाढा रहेका विद्यार्थीलाई हाल बसिरहेको स्थान र आफू बसिरहेको स्थान नजिकको कक्षा १२ पढाइ हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण मागेको हो ।

शिक्षा ऐनअनुसार कक्षा १२ को परीक्षा स्थगित गर्न नमिल्ने भएकोले वैकल्पिक माध्यमबाट परीक्षा लिने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । बोर्डले कोरोना भाइरसका कारण रोकिएको परीक्षा तयारीका लागि अघि बढाएको हो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय