काठमाडौँ । कोरोना कहर भन्दा पहिला कोठा पाउन महिनौ लाग्ने काठमाडौँमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ ।

कोठामा बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल पाउदा पनि महँगो मुल्य तिर्नु पर्ने त्यहाँ अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ । कोरोना संक्रमणका कारण ४ महिना लामो लक डाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका छन । कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटरहरु खाली हुन थालेका छन भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिकहरु गाउँ फर्किए क्रम बढ्न थाले पछि अहिले कोठा र फ्ल्याटहरु खाली भएका हुन ।
त्यहाँ भएका नागरिकहरु पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । यति मात्रै होइन काठमाडौंको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ ।

होटल, रेष्टुरेण्ट, होस्टल देखि अधिकांश व्यबसाय गर्ने व्यबसायीले ब्यवसाय नै बन्द गरेका छन् । कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभएपनि अधिकांश घरमा कोठा खाली छन । एक स्थानीयले भने अनामनगर क्षेत्रमा मात्रै नभएर उपत्यका भरि नै सटर र फ्ल्याटहरु ठूलो संख्यामा खाली भएका छन् । कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म यहाँका घरधनीहरुले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले लक डाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताए ।

अहिले काठमाडौँका जुनसुकै स्थानमा पुगे पनि घर खाली रहेको सूचनाहरु टाँसेको देख्न सकिन्छ । पछिल्ला वर्षहरुमा फ्ल्याट नै भाडामा दिने प्रचलनले भाडामा बस्नेहरु पीडित बनिरहेका थिए । कहिले कोठा खोज्ने दलालको फन्दामा सर्वसाधारण पर्दै आएका थिए त कहिले घरबेटी नै अनावश्यक रुपमा भाडा असुल्दै आएका थिए । तर अहिले अवस्था फेरिएको छ । डेरावालहरुले छानीछानी सस्तोमा कोठा लिन पाउँछन् ।
कोठाभाडा नै आम्दानीको स्रोत भएका घरधनीहरुलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारा गर्न समेत समस्या देखिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय