पर्वत । गत चैत ११ गतेपछि हालसम्म पर्वतको कुश्मा नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा ब्यवस्थापन र राहत वितरणमा करोड भन्दा बढी रुपैया खर्च गरेको छ ।

नगरपालिकाले १ करोड १८ लाख ९५ हजार ७ सय ३७ रुपैया खर्च गरेको हो । कोरोना भाईरसको संक्रमणपछि कोराना कोष र प्रकोप नियन्त्रण कोषमा जम्मा भएको २ करोड ६३ लाख ५ हजार रुपैया मध्ये १ करोड १८ लाख ९५ हजार ७ सय ३७ रुपैया खर्च भएको नगरपालिकाले जनाएको छ ।

अब कोषमा १ करोड ४४ लाख ९ हजार रुपैया मौज्दात रहेको छ । पंगिनीका अनुसार प्रकोप व्यवस्थापन कोषमा गत वर्षको मौज्दात १० लाख १ हजार रहेको थियो भने कोरोना नियन्त्रण कोषमा २ करोड बिनीयोजन भएको थियो ।

त्यसैगरी मुख्यमन्त्रीको कार्यालयद्धारा राहत वितरणका लागि रु १० लाख, सामाजिक विकास मन्त्रालयवाट क्वारेन्टीन व्यवस्थापनका लागि ६ लाख ५० हजार, प्रधानमन्त्री उद्धार कोषबाट २ लाख २८ हजार, ६ सय २५, नगरपालिकाका कार्यरत कर्मचारीवाट ९ लाख ७५ हजार २ सय ५३, शिक्षिकहरुवाट १० लाख ४० हजार ७ सय २ र अन्य पदाधिकारी संघ, संस्थाहरुवाट १४ लाख ९ हजार ३ सय ४६ जम्मा भएको थियो ।

उक्त रकम मध्येवाट नगरपालिकाले वडागत रुपमा राहत वितरणका लागि ४६ लाख ९५ हजार ४ सय, पुलिङ क्वारेन्टिनको खर्च २६ लाख १८ हजार, पिपिई, औषधीजन्य सामाग्री, मास्क र सेनिटाईजरका लागि १२ लाख ३८ हजार, वडागत क्वारेन्टाईन व्यवस्थापनका लागि २९ हजार ३ सय ७५ रुपैया खर्च भएको छ ।

त्यसैगरी कोभिड नियन्त्रण सामाग्री र जनचेतनामा २ लाख ७७ हजार, कोरोना अस्पताल व्यवस्थापनमा ३० लाख ३६ हजार खर्च भएको प्रशासकिय अधिकारी हरि पंगिनीले जानकारी दिएका छन् ।

सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाले जिल्लाका अन्य स्थानीय तहभन्दा झण्डै दोब्बर रकम कोरोना व्यवस्थापनमा खर्चिएको हो । कोरोना रोकथाम र न्यूनिकरणका लागि कुश्मा नगरपालिकाले सवै पक्ष र क्षेत्रमा सक्रियता बढाएको समेत उहाँको भनाई छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय