औँशी लाग्दा जुन खोज्ने चेष्टा कैल्यै गरिएन ।
धर्ती खनी सुन खोज्ने चेष्टा कैल्यै गरिएन ।।

मूखभित्र राम घोक्दै पछि छुरा रोपेपछि ।
बैगूनीमा गून खोज्ने चेष्टा कैल्यै गरिएन ।।

जबदेखी नशाबाट पानी बग्न सुरु भयो ।
मुटु रेटी खून खोज्ने चेष्टा कैल्यै गरिएन ।।

तरंगीत बनिदियो मनमुटु त्यसै पनि ।
गीत अनि धून खोज्ने चेष्टा कैल्यै गरिएन ।।

सागरमा नूनिलोपन् हराउँदै गएपनि ।
खोली चाख्दै नून खोज्ने चेष्टा कैल्यै गरिएन ।।

घनश्याम मुडभरी
बालाजु काठमाडौँ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय