काठमाडौं । संविधान दिवस नेपालमा तीन दिन मनाइने मुद्रण विभागले जनाएको छ ।
असोज २ देखि ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस मनाउने निर्णय गरेको हो ।

विभागले संविधान दिवस राष्ट्रिय दिवसको रुपमा हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने स्लोगन सबैलाई एसएमस मार्फत पठाउने संविधान दिवसका अवसरमा सहरका विभिन्न स्थानमा शुभकामना सन्देश दिन डिस्प्ले राखिने पनि जनाएको छ । विभागले उक्त अवसरमा सबै नागरिकले घरघरमा नेपालको झण्डा फहराउन पनि अनुरोध गरेको छ ।

असोज २ गतेदेखि ४ गतेसम्म दीप प्रज्वलन गर्ने र संविधान दिवसमा राष्ट्रियस्तरका पत्रिकामा संविधान विशेषाङ्क प्रकाशित गरिने पनि जनाइएको छ । संविधान दिवसमा मोबाइल प्रयोगकर्तालाई पनि विशेष छुट दिने जनाइएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय