काठमाडौ । सशस्त्र प्रहरीको बीओपी बैतडीको शिवनाथ गाउँपालिका १ कुस्मौत घाटमा स्थापना भएको छ ।

बीओपी स्थापनासँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितले सीमा सुरक्षा, अपराध न्यूनीकरण लगायतका सहयोग पुग्ने हेतुले
सशस्त्र प्रहरी बलको ७ नम्बर बाहिनीका बाहिनीपति हरिशंकर बुढाथोकीले विहीबार बीओपी उद्घाटन गरेका हुन् ।

नेपाल सरकारको नीति अनुसार बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए ।

योसँगै बैतडीमा भारतसँग सीमा जोडिएका तीन ठाउँमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएका छ । चालु आर्थिक वर्षभित्रै जिल्लाका अन्य तीन ठाउँमा पनि बीओपी स्थापनाको तयारी थालिएको छ ।

कुस्मौत घाटमा बीओपीको उद्घाटन कार्यक्रममा शिवनाथ गाउँपालिका १ का वडा अध्यक्ष करन पार्की लगायतको सहभागिता रहेको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय