काठमाण्डौ । बितेको २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या पचास हजार नाघेको छ ।

कुल संक्रमित संख्या पचास हजार चार सय पैसठ्ठी  पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप  एक हजार आठ सय अठार कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या पैतिस हजार सात सय पुगेको छ ।

यो संख्या कुल संक्रमितको ७१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । देशभर सक्रिय संक्रमितको संख्या चाैधं हजार  चार सय अ‌‌ंचालिस रहेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय