मुम्बई । लागुऔषधको विषयमा मुछिएपछि बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले पक्राउ गरेको छ । मंगलबार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय टिभी जी न्युजले जनाएको छ ।

उनलाई बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो । जी न्युजका अनुसार उनले सुशान्तलाई लागुऔषध दिएको आरोपमा पक्राउ गरिएको हो । चक्रवर्तीको मंगलबार नै मेडिकल जाँच समेत गरिएको छ । एजेन्सी

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर