बागलुङ।  बागलुङका एक सँचार कर्मीले जन्मदिनमा हुने फजुल खर्च कटाएर यहाँको मानव सेवा आश्रमलाई सहयोग गरेका छन् ।

उनी बिगतका बर्ष देखी धौलागिरी एफएम बाग्लुङमा प्राविधीक प्रमुख तथा प्रस्तोता कृष्ण संयोगले आफ्नो जन्मदिनको खर्च कटाएर आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन् ।

उनले आश्रमको आवश्यकताका आधारमा खाद्य सामग्री खरिद गरेर सहयोग गरेका हुन् । संयोगले २० किलो चिउरा, ३ किलो दाल, चना, केराउ, साबुन, चियापत्ति, मसला, बेसारलगायतका सामग्री आश्रमका सञ्चालकलाई हस्तान्तरण गरेका थिए । जन्मदिनको बहानामा हुने फजुल खर्चले आश्रममा आश्रितहरुलाई एकै छाकको लागि भएपनि सहयोग पुगोस् भनेर खाद्यान्न सहयोग गरेको संयोगले बताए । साभार :ढोरपान

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय