मीठो कुरा मात्र गरि मन दिएछ अन्तै
कालो बादल ढाकि यता बर्षिएछ अन्तै

पर्ख केही बर्ष अनि बुझ्नेछौ मेरो माया
बिर्सि यस्ता बाचाहरु अल्झिएछ अन्तै

फरक हुँदो रैछ नसा प्रेम र सराबको
अमृतको घडा छोडि विष पिएछ अन्तै

नहुँदो रैछ चाबि दिलको झ्याल ढोकामा
बेईमानी माया आखिर बाढिएछ अन्तै

कुनै धार नभएको बर्खाको भेल सरि
प्यासि अधर रित्तो पारि भरिएछ अन्तै

सृजना ढकाल
बिरौटा, पोखरा

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय