पोखरा । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार दिनभर कास्कीमा ३१ जनासहित तनहुँ, बागलुङ, गोरखा र नवलपुर जिल्लाका २८ जना गरी ५९ जनामा कोरोना भाइरस सँक्रमण भएको जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीमा संक्रमण पुष्टि हुनेमा गण्डकी मेडिकल कलेजमा उपचाररत ४७ वर्षीय पुरुष, पार्कल्याण्ड अस्पतालका २७ वर्षीया महिला चिकित्सक, पोखरा १२ का २२ र २६ वर्षका पुरुष , १४ का ३७ वर्षीय पुरुष, १५ का २० वर्षीय पुरुष, २७ का ४२ वर्षीय पुरुष तथा पोखरा फुड्स प्रा.लि. मा कार्यरत १७, २७, २८ र ४० वर्षका पुरुष एवंम् १७ देखि ४९ वर्ष उमेर समुहका २० जना महिला रहेका छन् ।

त्यसैगरी तनहुँ आबुंखैरेनीका ५६ वर्षीय पुरुष तथा ४२ र ४८ वर्षीया महिला तथा बागलुङ तमानखोला १, २, ५ र ८ वडाका १९, ३८ र ४० वर्षका पुरुष तथा १८ देखि ३० वर्ष उमेर समुहका ६ महिला, नवलपुर कावासोतीका २३ वर्षीय महिला, गोरखाको गोरखा नगरपालिका ७ का ३ पुरुष तथा २ महिला, बारपाकका ३ पुरुष, भीमसेन थापा र सिरानचोक पालिकाका १र १ पुरुष, गैंडाकोटका २५ , ३२ र ५७ वर्षीय महिला तथा २२ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ६० पुगेको छ । मंगलबार कोरोनाबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय