
मसुरिया । दाङको राप्ती गाउँपालिकाका विद्यालयहरू सञ्चालनमा आएका छन् ।
कोरोना महामारीका कारण बन्द रहेका विद्यालय सञ्चालनमा आएपछि गाउँपालिकाको शिक्षा शाखाले विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरेका वा नगरेको वारेमा अनुगमन समेत शुरु गरेको छ ।
गाउँपालिकाका विद्यालय असोज ११ गतेबाट खुल्न शुरु गरेका छन् । पठान–पाठनका क्रममा सामाजिक दुरी कायम गर्नुपर्ने, हात धुन साबुन र पानीको ब्यवस्था, मास्कको प्रयोगलगायतका स्वास्थ्यसम्बन्धी विषयलाई अनुगमन गरिएको छ ।
सामुदायिक र निजी विद्यालयहरूले विद्यार्थीलाई चाप नपर्ने गरि दुई वा तीन चरणमा अध्यापन गरिरहेका छन् । विद्यालयहरूको अनुगमनका क्रममा उचित व्यवस्था गरेको पाइएको उपाध्यक्ष जगदम्वाकुमारी चौधरीले बताएकी छिन् ।
गाउँपालिकाको विद्यार्थी सिकाइ सहजीकरणको उदेश्य र स्वास्थ्य मापडण्डको वारेमा स्वास्थ्य शाखाका संयोजक नारायण राउतले विद्यार्थी तथा शिक्षकलाई जानकारी गराएका छन् ।
कार्यपालिका बैठकले दिएको सुझाव तथा निर्देशनअनुसार विद्यार्थी सिकाइ सहजीकरण २०७७ अनुसार विद्यालयको अनुगमन तथा समस्या समाधानका उपायसहित सल्लाह सुझाव समेत प्रदान गर्दै आइरहेको शिक्षा शाखा अधिकृत बासुदेव खनालले जानकारी दिए ।
केही विद्यालयमा मास्क नभएका विद्यार्थीलाई मास्क समेत वितरण गरिएको छ । अनुगमनको क्रममा विद्यार्थी तथा विद्यालय प्रमुखसंग छलफल समेत गरिएको खनालले जानकारी दिए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd