पाँचथर । पाँचथरमा स्वस्थ्य अवश्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
धनकुटाको चौबिसे गाउँपालिकाबाट तुम्बेवा गाउँपालिकाको मामली घरमा बस्दै आएकी एलिसा लिम्बूलाई तुम्बेवा गाउँपालिकाको पहलमा उद्धार गरिएको हो ।
व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्य संस्थामा पुगेकी उनको अवस्था गम्भीर भएपछि स्वास्थ्यकर्मीले अस्पताल लानुपर्ने बताएका थिए । निरन्तरको वर्षाका कारण यातायातका साधन नगुड्दा पीडित परिवारले गाउँपालिकासँग सहयोगको लागि अपिल गरेको थियो ।
लिम्बूलाई हेलिकप्टरबाट कोशी अस्पताल विराटनगर पठाइएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताउनुभयो । उद्धार गरिएकी लिम्बूको कोशी अस्पतालमा सफल प्रसुति सम्पन्न भएको छ । आमा र बच्चाको अवस्था राम्रो भएको परिवार श्रोतले जनाएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd