बिडम्बना भनु’ या भाग्य भनु खोई,
आज मेरी आमाको भाग्यरेखा मेटिएको छ।
ठुल्लो मान्छे बन्ला अगाडि बढला भन्ने,
आमाको छोरा नै पहिरोमा मृत भेटिएको छ।।

के खाने होला अब, कहाँ जाने होला अब,
सधैं भरी वास दिने त्यो घरको नाम निशाना मेटिएको छ।
खोइ कुन जन्मको पापको फल आयो उसलाई,
लक्ष्मी मानिने घरको छोरीको ज्यान नै मृत भेटिएको छ।।

मनको दुख: यो कहाँ पोख्न जानू खोइ,
आज आमाको आशाको किरण मेटिएको छ।।
जिन्दगीको पाइला यहीँसम्म त होला उसको,
दागबत्ती देला भन्ने छोरा नै मृत भेटिएको छ।।

बिडम्बना भनु’ या भाग्य भनु खोई,
आज मेरी आमाको भाग्यरेखा मेटिएको छ।……….

डा. बिनोद पौडेल

(Medical Officer at Garhau Primary Health Center, Waling Syangja)

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय