काठमाडौँ । पछिल्लो २४ घन्टमा नेपालमा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार २०५ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप १ हजार ५७ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५६ हजार ४२८ पुगेको छ । आज देशभर ५,४२८ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय