काठमाडौँ । बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कारबाही गर्न निर्देशन दिएको छ ।

बझाङकी सम्झना कामीलगायत विभिन्न जिल्लामा भएका बलात्कारका घटनाको बारेमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।

बलात्कारको घटनामा मेलमिलाप गराउने मध्यस्तकर्ताको भूमिका खेल्ने जो कोहीलाई कारवाही गर्ने समितिले दिएको निर्देशनमा उल्लेख छ ।बलत्कारका घटनामा संलग्न जो कोहीलाई हदैसम्मको कानुनी सजाय र पीडितलाई न्यायसहितको उचित क्षतिपूर्ति दिने व्यवस्था मिलाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

वलत्कार घटनाको तत्काल परीक्षण गर्न सकिने प्रविधिसहितको उपकरण प्रत्येक जिल्लामा उपलब्ध हुने व्यवस्था मिलाउन समेत समितिले सरकारलाई भनेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय