कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ ।

९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनी विगत लामो समयदेखि बिरामी थिए । शेख जुलाईमा उपचारका लागि अमेरिका गएका थिए ।

सन् १९२९ मा जन्मिएका अहमद १९६३ देखि २००३ सम्म ४० वर्ष विदेशमन्त्रीका रुपमा कार्यरत थिए । पछि उनी सन २००६ मा कुवेतका राजा बनेका थिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर