
काठमाडौँ । काठमाडौँको कलंकीमा नक्कली लोककल कुखुराको बिगबिगी मच्चिएको छ ।
बोईलर कुखुराको चल्लालाई कालो रातो मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै महंगोमा बिक्री गर्ने कलंकी र काठ क्षेत्रमा फेला परेको छ ।
यसरी बोईलर कुखुरालाई मेहेन्दी र विभिन्न किसिमको कृतिम रङ्ग लगायदै लोकल बनाउदै बिक्री गर्दै आएका भारतीय नागरिकहरूलाई महानगरीय प्रहरी बृत्त कालिमाटीले पक्राउ गरेको छ ।
सेतो चल्लालाई कालो रातो रङ्ग लगाउदै गर्दा काठमाडौं कलंकी बाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहा कालिमाटी वृत्तले पक्राउ गरेको छ । रङ्ग लगाउन बाँकी चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटी प्रमुख डिएसपी अपिल राज बोहराले बताए ।
बोईलर भन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा बिक्री हुदो रहेछ त्यही भएर चल्ला ल्याउदै महङ्गोमा बिक्री हुँदो रहेछ उनले भने, आफ्नो फाईदाका लागि गलत काम गर्नेलाई पक्राउ गरेका छौं ।
उनले थपे, अनुसन्धान जारी छ दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ । उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्र लोकल, गिरिराज, भन्दै १० रूपयाँमा खरिद गरि ल्याएको चल्ला दुई सय देखि ३ सय सम्म बिक्री वितरण गर्दै आईरहेका थिए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2021: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd