पर्वत । कुश्मा नगरपालिका २ खुर्कोटमा एक घर एक धारा कार्यक्रम शिलान्यास भएको छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सीता काफ्ले लामिछानेले संयुक्त रुपामा कार्यक्रमको शिलान्यास गरेका हुन् ।

नगरपालीका प्रमुख जोशीले नगर भित्र एकघर एक धारा पुराउने योजना अनुरुप कार्यक्रम संचालन गरेका हुन । नगरवासीको समस्या समाधान र बिकासकाे काममा निरन्तर लागी परेको बताउँदै खुर्कोटमा एक घर एक धारा योजना अंघि बढेको जानकारी दिइएका छन् । त्यस्तै जोशीले बिकास निर्माणमा राजनीति नगर्न सबैलाई अनुरोध गरेका छन् ।

कुश्मा २ का वडा अध्यक्ष यदुनाथ वास्तोलाले आफ्नो चुनावी कार्यक्रममा वडाका विभिन्न ठाउँमापुग्दा जनताले पानीको समस्या देखाएको स्मरण गर्दै आफु निर्वाचित भएको दिन देखीनै वडामा खानेपानीको समस्या समाधान गर्न लागेको बताएका हुन । नगरपालिका मार्फत निरन्तरकाे फलोअप पछि उक्त कार्यले सार्थकता पाएको बताएका छन् । अध्यक्ष वास्तोलाले योजना संचालन गर्न सहयोग गर्ने सम्पुर्ण निकायलाई धन्यवाद दिंदै यो कार्यक्रमलाइ सबै मिलेर सफल पार्न अनुरोध गरेका छन् ।

उक्त एक घर एक धारा योजनाका लागि नेपाल सरकारबाट ७ करोड ८० लाख २ हजार विनियोजन भएको हो । त्यस्तै जनसहभागिताबाट ४ करोड ३ लाख ८९ हजार गरी कुल ११ करोड ५८ लाख ९१ हजार लागतमा योजना सम्पन्न हुन लागेकाे अध्यक्ष वास्तोलाले बताएका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय