
कुनै बेला गाउँघरतिर बस्तुभाउलाई दिइने गुर्जोको प्रयोगमा कोरोनाभाइरसको महामारीपछि मानिसहरूको चासो बढ्न थालेको छ । गुर्जोमा धेरै प्रकारको औषधिय गुणहुने आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइराला बताउँछन् ।
गुर्जो किन खानुपर्छ ?
कोरोना भाइरसअगाडि पनि ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई खान दिइन्थ्यो ।
दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने चिकित्सकहरू बताउँछन् ।
रोगसँग लड्ने प्रतिरोध क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने कोइराला बताउँछन् ।
गुर्जो बहुउपयोगी जडिबुटी हो । यसको अवगुण वा शरीरलाई अन्य असर गर्ने तत्व नभएकोले यो खाँदा फाइदा हुन्छ ।
यसमा भएको एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस गर्न सक्छन् । त्यस्तो भए मह मिसाएर खाँदा राम्रो हुन्छ ।
यसले शरीरमा चिनीको मात्रा थोरै घटाउन सक्छ। तर त्यो असर लामो समय रहँदैन ।
गुर्जो कति र कसरी खाने ?
गुर्जो नेपाली बजारमा धूलो वा डाँठका रूपमा उपलब्ध छ ।
धुलो खाने भए पाँचग्राम गुर्जोको पाउडर दुई गिलास पानीमा हालेर उमाल्ने अनि एक चौथाइ भएपछि छानेर वा नछानेरै दिनमा एकपटक खान सकिन्छ ।
डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिन्छ ।
गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ । -बीबीसी
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2021: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd