भैरहवा । बिगत केहि दिनदेखि परिरहेको बर्षा तथा शुक्रबार साँझ परेको मुसलधारे वर्षाले रुपन्देहीमा पनि क्षति पु¥याएको छ । तिनाउ, रोहिणी, दावन, कंचन, डण्डा लगायतका चुरेबाट बग्ने खोलाहरुमा पानीको सतह बढेर आसपासका बस्ती तथा भूभाग डुवाएको छ । जिल्लाका प्रायः सबै पालिकाहरु बर्षाबाट प्रभावित भएका छन् ।

बिपन्न मानिसका होंचो क्षेत्रमा रहेका घरटहराहरु जलमग्न बनेका छन् । शनिवार बिहानदेखि बर्षा नभएको हुँदा साँझसम्म जल सतह घट्दै गएको छ । रातभर परेको मुसलधारे बर्षाले खोला किनारका बस्तीहरु बुटवल, देवदह, तिलोत्तमा, शुद्धोदन, सियारी, मायादेवी, बुटवल, लुम्बिनी सांस्कृतिक, ओमसतियालगायतका पालिकाका बासिन्दा रातभर जाग्राम बसेका थिए ।

मौसमविदहरुले तीन दिन अघिदेखि नै उच्च सतर्कता अपनाउन अनुरोध गरेका र बिगत दुई दिनदेखि तिनाउ नदीको जलसतहले खतराको सीमा पार गरेकाले तिनाउ आसपासका मानिसमा त्रास फैलिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बर्षाले केही घरटहराहरू बगाए पनि मानवीय क्षति भने हुन नपाएको जानकारी दिएको छ । बेथरी, बनगाई, सेमरी, गरगट्टी, बगाहा, गुरवनिया लगायतको क्षेत्र डुबानमा परेको थियो । मर्चवारमा पनि बर्षाले क्षति पु¥याएको थियो । बुटवल, शंकरनगर, भलवारी लगायतका ठाउँहरु पनि जलमग्न थिए । भित्री सडकमा आवतजावतमा समेत समस्या भएको र पुराना घरहरुमा पानी पसेको थियो ।

अति बृष्टिका कारण धान तथा तरकारी खेतीमा ठूलो क्षति पु¥याएको छ । रोहिणी नदीमा पानीको सतह बढेपछि एक दर्जन बढी कच्ची घर भत्किएका छन् । लुम्बिनीमा पनि एक दर्जन घरमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी, तिनाउ, दानव नदी बस्तीमा पस्दा ५० बढी घरहरू डुबानमा परी क्षति भएका छन् । अन्नपात, लत्ताकपडा, पशुचौपाया बगेका छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ वडउलियास्थित बलिराम हरिजनको कच्ची घर वर्षाले भत्किँदा श्रीमती कुसुमको खुट्टा भाँच्चिएको प्रहरीले जनाएको छ । तिलोत्तमा नगरपालिकामा १६÷३६ र अन्य सहायक कुलोमा जल सतह बढेर डुवानमा पारेपछि घर, टहरा, कुखुरा फार्म, माछापोखरी, धान तथा तरकारी खेतीमा ठूलो क्षति पुगेको छ । डुवानमा फसेका केहि स्थानीयलाई प्रहरीले उद्धार गरेको थियो ।

त्यस्तै, देवदह नगरपालिका १० रम्बादेवीटोलमा चरंगे खोलाको बाढीले खोला छेउ रहेको राम श्रेष्ठको ३ कोठे १ तले ब्लक र जस्ताले बनाएको घर र घरमा रहेका २ वटा बाख्रा, ५–६ वटा कुखुरा, लत्ता कपडा, खाद्यान्न र अन्य सामान बगाएको छ ।

मर्चवारको सम्मरीमाई ५ मा प्रभावती मल्लाहको टिन र फलामको डण्डीले बनाएको घर भत्किँदा ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । सम्मरीमाई र मर्चवारी गाउँपालिको भरवलिया, देबन्डी, मन्झरिया, लोहाटोला, बरगर टोला लगायतका क्षेत्रका १५ भन्दा बढी घरमा बाढीले क्षति पु¥याएको छ ।

यस्तै, बुटवल उपमहानगरपालिका, १७ रानीगन्ज तिनाउ नदीले उमेश हरिजनको २ कोठे ब्लक र जस्ताले बनाएको घर, पुरुषोत्तम पुरीको २ कोठे ब्लक र जस्ताले बनाएको घर बगाएको छ । यता रातभरको वर्षापछि सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डमा आधा दर्जन बढी स्थानमा पहिरो झरेको छ ।

तिनाउ गाउँपालिकाको चरचरे, पावरहाउस, पानीमिलसहित गौडेपुल नजिकै पहिरो खसेर सडक पूर्ण अवरूद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय