पाल्पा । बिहीबार रम्भा गाउँपालिका २ बेलौजामा गएको पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव शुक्रबार फेला परेको छ ।

शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको  हाे र राति थप दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आले भेटिएको र राति घरमूली हुमबहादुर गाहा र उनकी श्रीमती हुमीसरा गाहाको शव फेला परेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए । वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन ।

भोलिपल्ट बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयबासीको सक्रियतामा खोजी भएपछि शव फेला परेको हो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय