काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३१३ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले विभिन्न प्रयोगशालामा गरी १२ हजार २६२ जनाको पिसिआर टेष्ट गरेकोमा नयाँ १३१३ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै सङ्क्रमितको संख्या ७० हजार ७१४ पुगेको छ ।

२४ घण्टामा कोरोना भाइरस निको भएर १४५५ जना डिस्चार्ज भएको र डिस्चार्ज हुनेको कुल संख्या ५१ हजार ८६६ पुगेको मन्त्रालयले जानकारी गराएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय