काठमाडौँ । चर्चित निर्देशक आकाश अधिकारीले नयाँ फिल्मको घोषणा गरेका छन् । निर्देशक अधिकारीले आफुले लेखेको कथामा नयाँ फिल्म निर्माण गर्न लागेको जानकारी गराएका छन् ।

उनले फिल्मको नाम भने सार्वजनिक गरेका छ्रैनन् । उनले सामाजिक सञ्जालमा नयाँ फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकारको अभिनय रहने बताएका छन् ।

फिल्ममा पटकथा र सम्वाद नव बिजय प्रकाश श्रेष्ठ, बिजय उप्रेती, सजल लोप्चनको रहने बताइएको छ । फिल्म सस्पेन्स थ्रीलर जानरामा निर्माण हुने बताइएको छ ।

फिल्ममा नवराज कृष्ण थापाको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहने बताइएको छ । निर्देशन अधिकारीले फिल्मको छायांकन तिहार सकिए लगत्तै गरिने बताएका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय