स्याङ्जा । बिहीबार बिहान स्याङ्जामा गएको पहिरोमा पुरिएका ९ जनाको शव फेला परेको छ ।

पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, पाहुना आएकी २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।

घर माथिबाट गएको पहिरोले एकै परिवारका १० जना पुरिएका थिए । तीमध्ये १ जनाको जीवितै उद्दार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय