काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे पुनः लकडाउन गर्न सिफारिस गरेको छ ।

मन्त्रालयले बुधबार दिईएको जानकारी अनुसार २५ हजारभन्दा बढी सक्रिय संक्रमित भए व्यवस्थापन गर्न गाह्रो हुने भएकाले पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । बुधबारसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।

नेपालमा २०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन चार महिनापछि गएको साउनमा अन्त्य भएको थियो । त्यसपछि पनि भाद्र ३ गते रातिबाट काठमाण्डौँ उपत्यकासहित कतिपय जिल्लामा निषेधाज्ञा जारी भएको थियो । चरम दबाबपछि सरकारले भाद्र २४ गतेदेखी निषेधाज्ञा खुकुलो पारेको थियो भने असोज १ बाट लामो दुरीको यातायात पनि खुल्ला गरेको थियो ।

हाल नेपालमा आन्तरिक उडान पनि ६ महिनापछि असोज ६ गतेबाट खुलीसकेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६७ हजार ८०७ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १८ सय ९३ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४९ हजार ९५४४ पुगेको छ। मन्त्रालयका अनुसार यो डिस्चार्ज हुनेको ७३ दशमलव ७ प्रतिशत हो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय