अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक कोरोना भाइरसबारेको अभिव्यक्तिले विवादमा तानिएका छन् । सोमबार राती चुनावी र्यालीका दौरानमा ट्रम्पले कोरोना भाइरसले जेष्ठ नागरिकलाई असर गरेपनि युवालाई केही नहुने झुठो दाबी गरेका थिए ।

‘१८ वर्ष मुनिका झन्डै कोही पनि व्यक्तिलाई यसले कुनै असर गर्दैन । हृदयघात तथा अन्य रोग भएका वृद्धवृद्धा यसको प्रमुख जोखिममा हुन्छन्,’ र्यालीमा उनले भने ।

यसअघि १९ मार्चमा वासिङटन पोस्टका एशोसियट एडिटर बब उडवार्डसँगको अन्तर्वार्ताका दौरान ट्रम्पले धेरै युवाहरु कोरोनाबाट प्रभावित भएको बताएका थिए ।

ट्रम्पले कोरोनाबारे सुरुदेखि नै विवादास्पद अभिव्यक्तिहरु दिँदै आएका छन् । उनले सुरुवातमा यस भाइरसलाई ‘चाइना भाइरस’ भन्ने गरेका थिए । जसकारण,चीनसँगको अमेरिकाको सम्बन्ध थप बिग्रियो । त्यस्तै, उनले लामो समयसम्म मास्क लगाउन समेत अस्वीकार गर्दै आएका थिए । एजेन्सी 

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय