काठमाडौँ । नेपालमा मंगलबार कोरोनाभाइरस बाट थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यससँगै संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ सय २३ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

हाल देशभर १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय