काठमाडौँ । आज मन्त्रिपषिद् बैठक बस्दै छ । बैठक बालुवाटारस्थित दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवासमा बस्नेछ ।

बैठकले निजामती कर्मचारी युनियनको यही असोज २४ गतेका लागि तय गरिएको निर्वाचन स्थगन, इजरायलसँग श्रम सम्झौतालगायत विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए ।

यस्तै राष्ट्रिय पुननिर्माण प्राधिकरणको समय थप्नेबारे पनि छलफल हुने बताइएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सोमबार बसेको निर्देशक समितिले १ वर्ष थप्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

प्राधिकरणको निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन् । प्राधिकरणको पाँच वर्षे कार्यकाल पुस १ गते सकिँदै छ ।

नियमित समयतालिका अनुसार हिजै सोमबार बस्नुपर्ने मन्त्रिपरिषदको बैठक आज बस्ने भएको हो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय