
डिसी । पावर लिफ्टिंग प्रतियोगितामा अन्तराष्ट्रिय विजेता रुप कार्की भएका छन् ।
अमेरिकाको भर्जिनिया राज्य कै चर्चित शहर मनासस नजिक हे मार्केट शहरमा आयोजना भएको उक्त प्रतियोगितामा एकै दिन एक स्वर्ण र एक रजत पदक कार्कीले प्राप्त गरेका हुन् ।
सेप्टेम्बर १२,२०२० शनिबारका दिन सम्पन्न युएसएपीएल शक्तित्तोलन मास्टर २ प्रतियोगिता अर्थात आफ्नो वजन १०५ केजी र उमेर समूहमा प्रथम र १०५ केजी कै खुला प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भएका छन । कोरोना भाइरसको महामारीमा पनि नियमित अभ्यास गर्दै आएका कार्कीले १०५ केजी कै खुला प्रतियोगितामा करिव ६० जना सहभागी मध्ये उनि द्वितीय भएका छन् । खेलाडी कार्कीले कूल कुल ६ सय ४० किलो उठाएका थिए ।
अन्तर्राष्ट्रिय खेलाडी कार्कीले अन्तत्वगत्वा दुई वटा पुरस्कार प्राप्त गर्दै नेपाल र नेपालीको नाम राख्न सफल भएकोमा खुसि व्यक्त गरेका छन ।कार्कीले २०७६ सालमा आयरल्याण्डको लाइमरिकमा चार दिनसम्म सञ्चालित अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो वजन समूह मास्टर २ मा स्वर्ण पदक जितेका थिए ।
यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको आफ्नो वजन र उमेर समूहमा स्वर्ण पदक जितेका थिए । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने सम्भवत उनी पहिलो नेपाली खेलाडी हुन् । नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आए देखि नै शक्तित्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd