पछिल्लो समय कार्यक्रममा स्टेज तताउने नृत्य कलाकार तथा मोडल हुन, रुविना अधिकारी । कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्सबाट ‘ब्याचरल इन पब्लिक हेल्थ’ अन्तिम वर्षमा अध्ययनरत रुविनाको म्युजिक भिडियो मोडलिङ यात्रा २०७१ सालबाट सुरु भएको हो ।

मोडलिङ थालेकी उनले अहिलेसम्म ६० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।उनका सबै भिडियोलाई दर्शकले राम्रै रुचाए । त्यस मध्य पनि एउटा भिडियोलाई चाहिँ दर्शकले अत्याधिक रुचाए । त्यो भिडियो हो ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको म्युजिक भिडियो । जुन भिडियोले रुबिनाको कलाकारिता जीवनमा एक इतिहास बनाइदियो । इतिहास यश अर्थमा कि रुबिना आबद्ध उक्त भिडियो युटुबको करोड क्लबमा प्रबेश गर्न सफल भयो। करोडौं भ्युजसंगै राम्रो प्रतिक्रिया उक्त भिडियोलाई युटुवमा मिल्यो । गरिसकेकी यिनै मोडलसँग डब्बु क्षेत्रीले गरेको पश्चिम न्युजको लागि तयार पारेको कुराकानी फेवा नेपालमा सटकट संवाद :

स्टेजमा चर्चित भएर पनि नायिकाको प्रस्ताव आएको छैन र ?
आएको छ । तर, राम्रो ब्यानरबाट छैन । त्यस्तो ब्यानबाट आएको खण्डमा ‘डेब्यु’ तयारी गर्नेछु ।

त्यसो भए फिल्ममा तत्काल नआउने ?
अहिले म्युजिक भिडियोमै राम्रो गरिरहेकी छु । स्टेज कार्यक्रममा भ्याइनभ्याइ छ । अर्को वर्षबाट मास्टर डिग्री सुरु गर्छु । त्यसपछि अभिनय सिकेर फिल्ममा आउने चाहना छ ।

स्टेज कार्यक्रम किन बढी ?
स्टेजमा सुरुदेखि नै रमाएँ । सजिलो पनि हुन्छ । पैसा पनि हातमा आउँछ । कलेजबाट बिदा लिएर महोत्सवमा जाने गरेकी छु ।

कति आउँछ एउटा कार्यक्रममा ?
मेला मोत्सवमा जाँदा स्टेज कार्यक्रमबाट ३०/३५ हजार पाइन्छ । काठमाडौंमा हेरेर पैसा पाइन्छ । १० मिनेट नाचेर ३० हजार पाउनु राम्रो कमाइ हो । यो रकम लिन एउटा अफिसरले एक महिना जागिर खानुपर्छ ।

अहिले त कोरोना भाइरसले स्टेज कार्यक्रम पनि सुक्यो होला है ?
हो नि † यसपालि पुसदेखि फागुनसम्म १७ वटा गरें । फागुन दोस्रो साताबाट कोरोना त्रास फैलिएपछि बाँकी ७ वटा कार्यक्रम रद्द भए ।

मोडलिङ यात्रा कस्तो चल्दै छ ?
ठिकै छ । मासिक तीन/चार वटा भिडियो गरिरहेकी छु । पढाइमा पनि व्यस्त भएकाले त्योभन्दा बढीमा काम गर्न सक्ने अवस्था छैन । फेरि स्टेज कार्यक्रम पनि भ्याउनै प¥यो ।

प्रतिस्पर्धा कस्तो छ यो क्षेत्रमा ?
छ पनि, छैन पनि । एकभन्दा अर्काले राम्रो गर्ने होड छ । यो होड नै आफैंमा प्रतिस्पर्धा हो ।

शोषण हुन्छ भन्ने गुनासो छ त ?
कस्तो शोषण भन्ने ? आर्थिक शोषण हुन्छ । त्यसो त, हरेक फिल्डमा शोषण हुन्छ । त्यसलाई मान्छेले कसरी हेर्छ भन्ने हो । म अहिलेसम्म त्यस्तो शोषणमा परेकी छैन । नराम्रो दृष्टिकोण लिएर आउनेसँग टाढै बस्ने गरेकी छु ।

आश्वासन त दिन्छन् नि ?
त्यो त कुरै नगारौं, मसँग सम्बन्धमा बस । तिमीलाई म रातारात हिट बनाउँछु, फिल्ममा स्टार बनाउँछु भन्छन् । तर, उनीहरूले विवाह गर्छु भन्दैनन् । यौनसम्बन्धका लागि मात्र प्रस्ताव गर्छन् ।

त्यस्तो बेला के जवाफ हुन्छ ?
मबाट त्यस्तो गलत काम हुँदैन भन्छु । किनकि, नियमित म्युजिक भिडियो गर्नेबाट यस्तो प्रस्ताव आउँदैन । नयाँ मान्छेले यस्तो प्रस्ताव राख्ने हुन् । उनीहरूलाई म वास्ता गर्दिन“ । आफैं टाढा बस्छु ।

कसैको प्रेममा परिएको छ ?
थियो । तीन वर्ष प्रेममा रहें । विचार नमिलेर टुट्यो । अहिले एकल छु ।

प्रेम त टुुट्यो, अब के हुन्छ त ?
अब फेरि प्रेममा फसिँदैन । अब पढ्ने, स्टेज कार्यक्रम गर्ने र पाँच वर्षपछि विवाह गर्ने सोचमा छु । विवाह गर्ने सोच बनाएपछि परिवारले पक्कै मागी विवाह गरिदिनुहुन्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय