काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा “एसईई” मा अग्रेजी, गणित र विज्ञानमा न्युनतम डी प्लस ल्याउनै पर्ने प्रावधान हटेको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले उक्त प्रावधान हटाए पछि कक्षा ११ मा भर्ना हुन सक्ने जनाएको छ । जीपीए १.६ र डी प्लस दुवै ल्याउनु पर्ने प्रावधान राख्दा हजारौं विद्यार्थीले कक्षा ११ पढ्न नपाउने भएपछि त्यो निर्णय हटाइएको केन्द्रले जनाएको छ ।

एसईईमा औसत ग्रेड प्वाइन्ट ( जीपीए ) १.६ ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय