काठमाडौँ । सवारी चालक अनुमति पत्र ( लाइसेन्स ) हराएको , सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन ट्राफिक कार्यालय जान नपर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी सोमबारदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको सिफारिस पत्र लिन अनलाइनबाट नै फारम भर्न सक्ने बनाएको हो ।

महाशाखामा कम्तिमा पनि दिनको दुई सय हराएको सिफारिस आउने गरेको जानकारी दिए । अनलाइन प्रणाली सुरू भएसँगै सेवाग्राहीले घर बसेरै सिफारिस रिपोर्ट लिन सकिने बताएका छन् ।

सिफारिको लागि ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गई लस्ट डकुमेन्ट्स एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) भीम ढकालले हराएको लाइसेन्स, बिलबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए । अनलाइनबाट फारम भरेको २४ घण्टापछि सिफारिस प्राप्त गर्न वा लिन सक्नेछन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय