पर्सा । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृतिम आभाव सृजना गरेर महँगो मुल्यमा बेचिरहेको व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले प्याजको कालोबजारी गर्ने व्यवसायीहरुलाई कारवाही गर्नसाथ मुल्यपनि तोकेको छ । बजार अनुगमनको क्रममा प्याज सिंचित गरेर चर्काे मुल्यमा बिक्रि वितरण गर्दै अभाव सृजना गर्ने क्रम बढेपछि प्रशासनले मुल्य तोकेको हो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आज बसेको बैठकले हालका लागी प्याजको थोक मुल्य प्रति केजी ६५ र खुद्रा मुल्य प्रति केजी ७५ रुपैया तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

तोकिएको मुल्यभन्दा बढी लिएर बिक्रि वितरण गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने पनि प्रशासनले चेतावनी दिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय