काठमाडौँ । सरकारले अनुमति दिएसँगै आन्तिरिक हवाई सेवा उडान सोमबारबाट हुँदैछ ।

यसमा पर्यटकीय क्षेत्रमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बु लुक्ला विमानस्थल अपेक्षित बढी व्यस्त हुने विमानस्थल हो । तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन भनेको छ ।

कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि आन्तरिक उडान शुरु हुँदैछ । अहिलेसम्म हवाई उडानमा शर्त राख्ने खुम्बु पहिलो स्थानीय सरकार हो । लुक्लामा तारा, सीता र समिट एयरले उडान गर्छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय