काठमाडौँ । सरकारले अनुमति दिएसँगै आन्तिरिक हवाई सेवा उडान हुने भएको छ ।
वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न पाउन भएपछि आन्तरिक हवाई उडान सुचारु हुन लागेको हो । वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार ( ५ असोज ) बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ ।

हवाई यात्रा गर्दा तत्काल भाडा नबढ्ने भएको छ । तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको भन्दै पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने बताइएको छ ।

मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक हवाई उडान गर्नुपर्ने छ । यसका अलवा अब आन्तरिक हवाई यात्राका लागि यात्रुले बोर्डिङ पास लिनुअगाडि हेल्थ डिक्लिरेसन फारम भर्नु पर्नेछ । यस्तो फारम सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनु पर्छ । यात्राका क्रममा सबै यात्रुले मास्क लगाउनु पर्नेछ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय