ब्रेकफास्ट अर्थात् बिहानको नास्तामा हामी यस्तो खानेकुरा खान रुचाउँछौं जुन स्वादमा पनि मिठो होस् र शरीरलाई दिउँसोसम्म काम गर्ने शक्ति प्राप्त होस् ।

धेरैजसोले बिहानको नास्तामा दही पनि समावेश गर्ने गरेको पाइन्छ । दहीमा क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम जस्ता महत्वपूर्ण पोषक तत्त्व पाइन्छ ।

दहीमा पाइने ब्याक्टेरियाले पाचन प्रक्रियामा मद्दत गर्छ । यो ब्याक्टेरिया पेटको लागि फाइदाजनक मानिन्छ । दहीले इम्युनिटी पावरलाई बढावा दिन्छ । दहीले शरीरलाई इनर्जी त दिन्छ तर यसले सुस्तता पनि ल्याउँछ । दहीले तपाईंलाई निद्रा लगाउन सक्छ ।

दहीले तपाईंलाई इनर्जी दिन्छ कि सुस्त बनाउँछ यो कुरा खाने तरिकामा निर्भर गर्छ । तपाईं बिहानको नास्तामा सेलरोटी, पराठा आदि चिल्लोयुक्त आइटम खाँदै हुनुहुन्छ भने दही पनि खान सक्नुहुन्छ। यसले पाचनमा सहयोग पुग्छ। साथै दहीले दिनभर पेटमा जलन पैदा हुन दिँदैन । यसले पेटमा अम्लियताको मात्रा कम गराइदिन्छ ।

तर नास्तामा दही यस्तो अवस्थामा मात्र सेवन गर्नुहोस्, जब तपाईंले नास्ता गर्नुअघि पानी, चिया, टोस्ट अथवा ड्राइ फ्रुट्स जस्तो हल्का पेय वा खाद्य पदार्थ लिनुभएको छ । यसको एक घण्टापछि नास्तासँग दही खानुभयो भने निद्रा लाग्ने समस्या हुँदैन ।

बिहानको समयमा अमिलो दही खानु हुँदैन, गुलियो मात्र खान उपयुक्त हुन्छ। सुगरको समस्या छैन भने एक चम्चा चिनी थपेर पनि खान सक्नुहुन्छ । बिहान दहीमात्र नखानुहोस् । खाली पेटमा खाएको दहीले अनेक समस्या निम्त्याउन सक्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय