काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेकालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको उमेर समूहलाई घरबाहिर ननिस्कन अनुरोध गरेका हुन् ।

यस्तै मधुमेह, रक्तचाप, फोक्सोको समस्या, किड्नीका विरामी र क्यान्सर रोगीहरूलाई समेत मन्त्रालयले केही दिन घरमै बस्न आग्रह गरेको छ । पछिल्लो समय काठमाडौं, पोखरा लगायत सहरी क्षेत्रमा संक्रमणसँगै जोखिम बढेको मन्त्रालयले जनाएको छ ।

साथै घरबाट बाहिर निस्कनु परेमा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ । शुक्रबार देशभर हालसम्मकै धेरै संक्रमित देखिएका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय