बाजुरा । जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मा प्रवल जनसेवा श्री ( चथुर्त ) द्धारा सम्मानित भएका छन ।

सरकारको मन्त्री परिषदको बैठकले संविधान दिवस ( असोज ३ ) का अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएसंगै बाजुराबाट जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्मा विभुषित भएका हुन ।

मन्त्री परिषदको बैठकले राष्ट्रको गौरव बढाउन, उन्नती र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका अनुसार संविधान दिवसका अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको नाम टुङ्गो लगाएको हो ।

गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० जनालाई अलङ्कार र ५० जनालाई पदक सिफारिस गरेको जनाइएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय