पुरातात्विक क्षेत्रमा स्वयम सेवा गरिरहेका युवाले इजरायलको मध्य क्षेत्रमा ११ सय वर्ष पुरानो सुनका सिक्का फेला पारेका छन् ।

पुरातात्विक क्षेत्रमा खोजीमा खटिएका युवाले माटोको भाँडोमा राखी गाडिएको ११ सय वर्ष पुरानो ४ सय २५ वटा सुनका सिक्का फेला पारेका छन् । अधिकांश सिक्कामा रहेको मिति इस्लामिक समयको प्रारम्भिक काल छ । ती सिक्काहरुको तौल ८ सय ४५ ग्राम रहेको छ । सिक्काहरु अब्बासिद कालका हुन् ।

सिक्का गाडिएका बेला त्यसको मूल्य अति धेरै थियो । ती सिक्काको मूल्यले शहरमा आलिशान महल किन्न सकिन्थ्यो । ती सिक्का कसका हुन् र त्यहाँ गाडेपछि लिन किन फर्किएनन् भन्ने रहश्यकै विषय छ । गाड्ने व्यक्तिले ती सिक्का पुनः निकाल्ने ठानेर नै सुरक्षित रुपमा गाडेको देखिने उत्खनन संस्थाका प्रमुखले बताएका छन् ।

उत्खनन संस्थामा स्वयम सेवा गरिरहेका ओज कोहेनले सिक्का भेट्टाएका हुन् । उनले भनेका छन्, ‘त्यो सारै उत्कृष्ट समय थियो । मैले भूईँमा खनेर निकाल्दा सारै पातलो पात जस्तो थियो । फेरि हेरेपछि मात्रै थाहा पाएको थिएँ कि ती सुनका सिक्काहरु रहेछन्।’

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय