बाग्लुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गमा आज बिहानको अविरल वर्षापछि खसेको पहिराले बागलुङ खण्ड अवरुद्ध भएको छ ।

लोकमार्गको काठेखोला गाउँपालिका–५ इनारपानी र गलकोट नगरपालिका–९ बाँसखोलामा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो । आज बिहानदेखि पहिराले लोकमार्गमा सवारी आवातजावत ठप्प छ ।

पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् । बिहानैदेखि पहिरो हटाउने काम शुरू भएको प्रहरीले जनाएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय