काठमाडौँ । प्रदेश ५ सरकारले शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ६ वटा जिल्ला स्तरीय अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

बैठकले रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा जिल्ला अस्पताल तथा भैरहवाको भीम अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । अस्पतालको सँरचनमा स्थरबृद्धि गर्नको लागि भैरहवाको भीम अस्पताल र कपिलवस्तु जिल्ला अस्पताललाई ७१–७१ वटा र बाँकी ३ वटा जिल्ला अस्पतालको लागि ६०–६० जनाको दरबन्दी स्वीकृत गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

हरेक वर्ष बजेट थप गरेर यी अस्पतालहरुको स्तर वृद्धि गर्दै लैजाने सरकारको योजना छ । त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि प्रदेश मन्त्रिपरिषदले गरेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय