कोरोनाभाइरसको महामारीले उद्योगहरूको एक विस्तृत श्रृंखलालाई धक्का दिएको र उपभोक्ताको माग बढेका कारण जापानको व्यापार बचत अगष्ट महिनामा अझ फराकिलो भएको छ ।

अघिल्लो वर्षको तुलनामा निर्यातमा १५ प्रतिशत गिरावट आएपनि आयातमा २० प्रतिशतभन्दा बढी खस्किएपछि व्यापार बचतको अंक फराकिलो हुँदै गएको जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । एउटा दुर्लभ पक्ष के छ भने चीनतर्फको निर्यात ५ प्रतिशतले बढेको छ ।

तर संयुक्तराज्य अमेरिकासँगको निर्यात र आयात दुबै २० प्रतिशतभन्दा बढीले खस्किएको छ । यही कारण जापानको व्यापार बचत झण्डै २० प्रतिशतले वृद्धि भएर करिब ३ अर्ब ५० करोड डलर पुगेको छ । धेरै जापानी निर्माताहरुले चीनमा निर्माण हुने सामानका लागि रसायन र उपकरणहरु लगायत उपलब्ध गराउँछन् ।

मजबुत निर्यातले हालका वर्षहरुमा जापानको अर्थतन्त्र माथि उकास्न ठूलो सहयोग पु¥याएको छ तर पछिल्ला वर्षहरुमा चीनको अर्थव्यवस्था सुस्त भएपछि र महामारीले सिर्जना गरेको विषम परिस्थितिले जापानको निर्यात व्यापारमा पनि असर परेको छ ।

चीन, अमेरिका र युरोपमा महामारीसँग सम्बन्धित बन्दाबन्दी केही खुकुलो भएसँगै निर्यातमा भएको गिरावट कम हुँदै गएको छ । निर्यातमा मे महिनामा २८ प्रतिशत, जुनमा २६ प्रतिशत र जुलाईमा १९ प्रतिशतले घटेको थियो । अगष्टमा निर्यात ४९ अर्ब डलर भएकोमा आयाततर्फ ४७ अर्ब डलरमात्र भएको थियो जसबाट बचत २ अर्ब ४० करोड डलर भएको थियो । एजेन्सी 

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय