काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीबाट बिहीबार मनोनित भए लगतै सत्तारुढ नेपाल कम्युनिष्ट पाटी ( नेकपा ) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभाका सदस्य भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।

गौतमले आज अपरान्ह राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट शपथ लिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय